गौरीफन्टामा २४ सयको भीडमा रहेका ५ जनामा कोरोना देखिएको हो । ८ गते दुई हजार चार सय ९८ जनासंगै गौरीफन्टा नाकाबाट उद्धार गरिएका पाँच जनामा कोरोना पुष्टि भएको हो ।
शनिवार चार र आईतवार एक जना गरी पाँच जनामा कोरोना पुुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । उनीहरुलाई ८ गते रातिदेखि नै सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएको थियो ।
शनिवार बैतडीको शिवनाथ गाउँपालिका वडा नम्वर १ र २ का २०, २०, २२ र २७ बर्षीय पुरुषलाई कोरोना पुष्टि भएको हो भने आईतबार अछामको मेल्लेख गाउँपालिका वडा नम्वर ४ का ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरुसंगै आएका अधिकासंको अहिलेसम्म परीक्षण हुन सकेको छैन् ।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2022/07/15, 10:56
2023/11/25, 12:26
2020/06/30, 6:27
2020/11/08, 5:57
2021/08/17, 4:59