
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पश्चिमी सीमा नाका गड्डाचौकीबाट पनि भारतमा अलपत्र परेकाहरुलाई भित्रत्र्याउने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले गड्डाचौकी नाकाबाट स्वास्थ्य परीक्षणको व्यवस्था गरेर फर्किने व्यवस्था मिलाउने निर्णय गरेको हो ।
विभिन्न नाकाबाट भारतबाट मानिसहरु कञ्चनपुर भित्रिन थालेपछि अब उनीहरुलाई गड्डाचौकी नाकाबाट स्वास्थ्य परीक्षण गरी व्यवस्थित रुपमा भित्र्याउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाका अन्य सीमा नाकाबाट अवैध रुपमा हुने प्रवेशमा पूर्ण रुपमा रोक लगाउने निर्णय पनि गरिएको छ ।

2025/03/02, 6:45
2025/03/01, 7:27
2025/03/01, 7:24
2025/03/01, 7:23
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/02, 11:00
2021/06/26, 9:39
2022/02/25, 1:54
2023/01/31, 12:03