कञ्चनपुरमा करेन्ट लागेर युवकको मृत्यु
2020/10/13, 8:22
 
death

कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। जिल्लाको बेदकोट नगरपालिका–३ दैजीका २० वर्षीय दिनेश साउदको मंगलबार मृत्यु भएको हो। 

आफ्नो पसलमा बिजुली जोडने बेलामा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्त प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए। 

महाकाली अस्पतालमा पोष्टमार्टमा पश्चात मृतकको शव आफन्तले बुझेको प्रहरीले जनाएको छ।