सुदूरपश्चिमका ९ जिल्लामा सबैभन्दा बढी कोरोना संक्रमित कैलालीमा रहेका छन् । कैलालीमा कोरोना संक्रमितको संख्या तीन हजार नाघेको छ । जिल्लामा घना बस्ती भएका क्षेत्रमा तिव्र रुपमा संक्रमण फैलिरहेको कैलालीमा २९ जना थपिएसँगै कोरोना संक्रमितको संख्या तीन हजार नाघेको हो ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार कैलालीका तीन हजार २२ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये दुई हजार तीन सय ३९ जनाले कोरोना जितेका छन् भने ६ सय ७३ जना संक्रिय संक्रमित छन् । उनीहरु विभिन्न अस्पतालका आईसोलेन, संस्थागत आईसोलेन र होम आईसोलेसनमा बसिरहेका छन ।
जिल्लामा १० जनाको भने कोरोना संक्रमणबाट मृत्यु भएको छ । कैलालीपछि डोटीका एक हजार एक सय ४१ जनामा संक्रमण पुष्टि भएको छ । अछामका एक हजार एक सय तीन, कञ्चनपुरका नौ सय ३१, बझाङका पाँच सय ७३, बाजुराका चार सय ५९, बैतडीका चार सय ५४, डडेल्धुराका तीन सय ६५ र दार्चुलाका एक सय ५४ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशभर संक्रमण पुष्टि भएका ६ हजार नौँ सय ४ जनाले कोरोना जितेका छन् भने २४ जनाको मृत्यु भएको छ ।