कैलालीका ५१ सहित सुदूरपश्चिमका थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
2020/10/14, 7:26
 
corona

कैलालीका ५१ सहित सुदूरपश्चिमका थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा पछिल्लो चार सय ३२ जनाको परीक्षण गरिएकोमा कैलालीका ५१ सहित थप ६० जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीका ५१, कञ्चनपुरका ८ र बझाङका ८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । कैलालीको धनगढी उपमहानगरपालिकाका मात्र ३१ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

उनका अनुुसार गोदावरी नगरपालिका र टीकापुर नगरपालिकाका ७, ७ जना, कैलारी गाउँपालिकाका चार जना र लम्कीचुहा नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ ।

कञ्चनपुरको वेदकोट नगरपालिकाका चार जना, बेलौरी र पुर्नवास नगरपालिकाका एक एक जना, स्थानीय तह नखुलेका दुई जना र थलारा गाउँपालिका बझाङका एक जनामा पनि संक्रमण देखिएको छ ।