कञ्चनपुर प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको कृष्णपुर नगरपालिका– १ का २६ वर्षीय दिपक बुढा र शुक्लाफाँटा नगरपालिका–२ का भुपेश बम रहेका छन्।
बुढालाई जिल्ला अदालतले २०७६ माघ २९ गते बिना ईजाजत वन पैदावर हानी नोक्सानी मुद्धामा २३ हजार ९ सय जरिवाना सुनाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए। उनलाई कारवाहीका लागि अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
यस्तै पक्राउ परेका बमलाई अदालतले बुधबार चोरी मुद्धामा कारागार चलान गरेको छ। उनलाई ५० हजार धरौटी बुझाउन नसकेका कारण कारागार चलान गरिएको प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।
2024/11/25, 4:05
2024/11/25, 4:01
2024/11/25, 3:39
2024/11/25, 3:35
2024/11/25, 4:05
2024/11/25, 4:01
2024/11/25, 3:39
2024/11/25, 3:35
2024/11/24, 5:28
2020/09/23, 8:54
2024/01/04, 12:04
2021/03/30, 10:43