सुदूरपश्चिममा थप ३ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि
2020/10/16, 4:00
 
corona

सुदूरपश्चिममा कार्यरत थप ३ जना सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशाला परीक्षणमा दार्चुलाका थप तीन जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो। 

बिहीबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका गणपति नरेन्द्र बमसहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यसअघि सशस्त्र प्रहरीका डिएसपी जगत डागासहित ४५ जनामा कोरोना देखिएको थियो। जिल्ला बाहिरबाट आएका र यहि रहेका सशस्त्र प्रहरीमा कोरोना देखिएको छ। हालसम्म सशस्त्र प्रहरीको ६३ जनामा कोरोना संक्रमण देखिएको छ।  

सशस्त्र प्रहरीमा कोरोना संक्रमण फैलिएपछि पूरै सिल गरिएको छ। सशस्त्र प्रहरीलाई व्यारेक भन्दा बाहिरको ड्युटी बन्द गरिएको छ।