
बैतडीमा जनप्रतिनिधि सहित ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण पाटन नगरपालिकास्थित एक वडा अध्यक्ष सहित २ जना जनप्रतिनिधि, पाटनकै अन्य २ जनामा कोरोना पुष्टि भएको हो।

वडा नम्बर ३ का ६० वर्षीय पुरुष, ५ का ३९ वर्षीय महिला, ३ का ३० वर्षीय पुरुष र वडा ३ कै १२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदन सिंह महराले जानकारी दिए।
यस्तै पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ का २६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56