कैलालीमा निषेधाज्ञा जारी, यस्तो छ सिडियोको आदेश
2020/10/17, 5:56
 
corona

जिल्ला प्रशासन कार्यालय कैलालीले चाडपर्व मनाउनका लागि निषेधाज्ञा जारी गरेको छ । आज प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहोराले सुचना प्रकाशित गर्दै कैलालीमा निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञासँगै प्रशासनले अनावश्यक रुपमा यात्रा नगर्न आग्रह गरेको छ ।

धार्मिक र साँस्कृतिक महत्वको स्थानमा हुने पूजापाठ बाहेकका मानिस जम्मा हुने गरी पूजा अर्चना, उत्सव, भजन कृर्तन, बलीलगायतका कुनै पनि कार्य गर्न नपाइने जनाइको छ। यस्तै विभिन्न शक्तिपिठ तथा मन्दिरहरुमा पूजा गर्न रोक लगाईएको छ । 

जारी गरिएको ७ बुँदे आदेश अनुसार तोकिएका मापदण्ड पूरा गरी जिल्लाभित्र लामो, मध्यम र छोटो दूरीका यातायात सञ्चालन गर्न पाइने भएको छ। तर सबै सार्वजनिक यातायातले २०७६ चैत ११ गतेभन्दा पहिले कायम गरिएको नियमित भाडा दर भन्दा कुनै किसिमको थप भाडा लिन नपाइने जनाइएको छ। जिल्लाभित्र मेला, महोत्सव, खेलकुद प्रतियोगिता तथा जमभट समेत गर्न नपाइने जनाइएको छ।

प्रशासनले सामूहिक भेला भएर शुभकामना आदानप्रदानका कार्यक्रम गर्न समेत रोक लगाएको छ । राजनीतिक दल, संघसंस्था, क्लब, समूहलाई भेला भएर शुभकामना आदान प्रदानमा रोक लगाईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


यस्तो छ आदेश

2