मौनता समाजको लागि हानीकारक छ भन्दै धनगढीमा मौन सभा
2020/10/17, 9:42
 
rape

नेपालमा दैनिक महिला तथा बालिकामाथी बलात्कारका घटना बढ्दै गईरहेको विरोधमा ‘असल र सव्य मानिसको मौनता समाजको लागि हानीकारक छ’ भन्दै मौन सभा गरिएको छ ।

2

1

 धनगढीको चौराहमा स्वतन्त्र रुपमा सहभागी भएकाहरुले बलात्कार विरुद्ध मेरो प्रतिवद्धताः दुव्र्यवहार गर्दिन, दुव्र्यवहार सहन्न’ भन्ने नारा सहित मौन सभा गरेका हुन् । 

1

4

“सचेत म, सभ्य म“ “यो मेरो पनि सरोकारको विषय“ आयोजक रहेको मौन सभाबाट सामुहिक अभियानको थालनी भएको हो । मौन सभामा सहभागी युवतीहरुले शरिरमा पुरै कालै कपडा र आँखामा कालोपट्टी बाँधेर हातमा ‘अझै कति सहने’ ‘नो मिन्स नो, इट वाज नट हर ड्रेस इट वाज योर इभिल माइण्ड’ लगायतका नारा सहित प्लेकार्ड बोकी मौन सभा गरेका हुन् । 

2

मौन सभा मार्फत बलात्कार विरुद्ध जनचेतना जगाउन आवश्यकता रहेको र बलात्कारका घटनाको राम्ररी छानबिन हुनुपर्ने र बलात्कारीलाई केही समयपछि रिहा होइन कडा भन्दा कडा कारबाही हुनुपर्ने माग गरिएको थियो । 

6