कैलालीको टीकापुरमा एकै दिन ११ भवन उद्घाटन
2020/10/18, 9:28
 
tika

कैलालीको टीकापुर नगरपालिकाले एकै दिन ११ नयाँ भवन उद्घाटन गरेको छ । पछिल्ला दुई वर्षयता भौतिक संरचना निर्माणलाई प्राथमिकता दिएको नगरपालिकाले शनिबार दुई वडा कार्यलय भवन, एउटा शहरी स्वास्थ्य केन्द्र र कुन्ती टोलको दलित बस्तीका आठवटा घर उद्घाटनसहित हस्तान्तरण गरेको हो ।

वडा कार्यालय भवन ४० प्रतिशत नगरपालिका र ६० प्रतिशत जिल्ला समन्वय समिति कैलालीको साझेदारीमा निर्माण गरिएका हुन् भने शहरी स्वास्थ्य केन्द्र सङ्घीय सरकारको सशर्त अनुदानबाट निर्माण गरिएको नगर प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिए। 


यी सबै संरचना दुई करोडको लागतमा निर्माण सम्पन्न भएका इञ्जीनियर नवराज जोशीले जानकारी दिए। 

नवनिर्मित संरचनाको उद्घाटन गर्दै टीकापुर नगरपालिकाका प्रमुख रावलले अब टीकापुर नगरपालिकामा १ नं बाहेकका सबै वडा आफ्नै भवनबाट सञ्चालन भएको बताए।