धनगढीमा गस्तीमा गएका प्रहरी वेपत्ता, एक जना मृत फेला
2020/10/18, 10:00
 
death

धनगढीमा अस्थायी प्रहरी चौकीका इन्चार्जसहित दुई जना प्रहरी वेपत्ता भएका छन् । धनगढी उप–महानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँद शनिबार रातिदेखि वेपत्ता भएका हुन् ।

गस्तीमा गएका उनीहरु दुबै जना रातिदेखि सम्पर्कविहिन भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महाननिरिक्षक उत्तम सुवेदी बताए। 
यस्तै नेपाल भारत सीमामा रहेको मोहना नदीमा एक जनाको शव फेला परेको छ । शवको पहिचान भने नभएको सुवेदीले बताए ।

शव वेपत्ता प्रहरीकै हुनसक्ने अनुमान गरिएको छ । गएराति प्रहरी र तस्करविच झडप भएको पनि आशंका गरिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महाननिरिक्षक सुवेदीसहितको प्रहरीको टोली घटनास्थल पुगेको छ ।