कञ्चनपुर प्रहरीले भन्यो, ‘महिलाको हत्या गरी शव खाल्डोमा गाडिएको थियो’
2020/10/18, 4:18
 
aaropi

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ कि ३५ वर्षीया कालीदेवी खुनाको हत्या गरेको आरोपमा पक्राउ परेका उनका देवरलाई प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमर थापाले खुनाको हत्या आरोपमा पक्राउ परेका उनका २६ वर्षीय देवर मानसिंह खुनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको बताए।

‘महिलाको हत्या गर्दै शव खाल्डोमा गाडिएको थियो। उनले नै हत्या गरेर शव गाडेको अनुसन्धानबाट खुलेको छ।’ प्रहरी नायव उपरिक्षक थापाले भने। माछा मार्न गएकोमा राती अबेर सम्म खुना घरमा फर्केर नआएपछी खोजतलास गर्दै जादा असोज २८ गते बिहान सुनबरा नदीको खोला किनारामा जमिनमा गाडीएको अबस्थामा उनको शव फेला परेको थियो।

खोलामा माछा मारीरहेको अबस्थामा मानसिह खुना  र कालिदेबी खुनाकोबिचमा बादबिबाद हुँदा मानसिहले आफ्नो भाउजुको हत्या गरेको प्रहरीले जनाएको छ।