डेढ करोड बढीको यार्चागुम्बा सहित एक जना पक्राउ
2020/10/18, 6:05
 
yarsa

दार्चुलाको महाकाली नगरपालिका-४ पुलघाटस्थित सडकबाट करिब १ करोड ५७ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको १७ किलो ५ सय ५१ ग्राम अवैध जडिबुटी यार्चागुम्बा सहित हुम्ला नाम्खा गाउँपालिका-३ बस्ने ३५ वर्षीय दोकार लामालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्दा उनले बोकेको २ वटा झोलाभित्र प्लाष्टिकमा बेरेर टाँचा लगाई ५ वटा पोकामा लुकाई राखेको अवस्थामा उक्त यार्चागुम्बा फेला पारी उनलाई पक्राउ गरिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एसएसपी मुकेश कुमार सिंहले बताए ।

बरामद यार्चागुम्बा सहित उनलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको प्रबक्ता सिंहले बताए।