सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८९१० पुग्यो कुन जिल्लामा कति ?
2020/10/19, 7:58
 
corona

सुदूरपश्चिम प्रदेशमा १ लाखको कोरोना परीक्षणमा ८ हजार ९ सय बढीमा संक्रमण पुष्टि भएको छ । विभिन्न अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ९  वटै जिल्लाका ८ हजार ९ सय १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका अनुसार भने प्रदेशमा संक्रमितको संख्या ८ हजार ६ सय ४२ पुगेको छ । सामाजिक विकास मन्त्रालयले प्रदेश बाहिर रहेका सुदूरपश्चिमका संक्रमितको तथ्यांक समावेश नगरेकाले संक्रमितको संख्या स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भन्दा कम देखिएको जनाएको छ ।

सुदूरपश्चिममा सबैभन्दा धेरै कैलालीमा ३ हजार २ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये दुई हजार ७ सय ८ जनाले कोरोना जितेका छन् भने ११ जनाको मृत्यु भईसकेको छ । डोटीका एक हजार एक सय ८३, अछामका एक हजार एक सय २९, कञ्चनपुरका नौ सय ६९, बझाङका पाँच सय ९७, बाजुराका चार सय ५९, बैतडीका चार सय ६७, डडेल्धुराका तीन सय ८३ र दार्चुलाका २ सय १ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेशभर संक्रमण पुष्टि भएका  ७ हजार ३ सय ७९ जनाले कोरोना जितेका छन् भने २५ जनाको मृत्यु भएको छ ।