कैलालीका पत्रकार तिमिल्सेनालाई रक्त क्यान्सर
2020/10/19, 1:04
 
matrika

धनगढी– दुई दशकदेखि पत्रकारितामा गर्दै आएका कैलालीका पत्रकार मातृकाप्रसाद उपाध्याय (तिमिल्सेना) लाई रक्तक्यान्सर भएको छ। उनको अहिले सिभिल असपताल काठमाडौमा उपचार भईरहेको छ।

दुई वर्ष अघि घाँटीको शल्यक्रिया गरेका तिमिल्सेना यस पटक रक्त क्यान्सरबाट पीडित भएको हो। चिकित्सकहरुले अबको छ महिना निरन्तर उपचार गर्नुपर्ने बताएका छन्। उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह समेत गरिएको छ। 

नेपाल पत्रकार महासंघ सुदूरपशचिम प्रदेश समितिका महासचिव योगेश रावलले कोरोनाका कारण मिडियाको अवस्था धरासायी भएको बेला पत्रकार गम्भिर बिरामी हुँदा सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको बताए।

नेपाल पत्रकार महासंघ कैलाली शाखाले पनि सहयोगका लागि आग्रह गरेको छ। सहयोग गर्न चाहाने सघ संस्था वा व्यक्तिले पत्रकार मातृकाप्रसाद उपाध्यायको नाममा सानिमा विकास बैकमा रहेको खाता नं ०५५०११०६००००१३७ मा सहयोग गर्न सक्नेछन्।

सामुदायिक रेडियो टीकापुर एफएमको प्रवन्ध निर्देशक भइसकेका पत्रकार तिमिल्सेना टीकापुरबाट प्रकाशन हुने कैलाली हटलाइन दैनिकको सम्पादक र पछिल्लो समय खप्तड खबर डट कम सञ्चालन गर्दै आएका छन्।