सुदूरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा दशैं भत्ता नलिने घाेषणा
2020/10/19, 2:16
 
cm

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले दशैं भत्ता नलिने घाेषणा गरेका छन् । साेमवार धनगढी स्थित सचिवालयमा पत्रकारसँगकाे भेटघाटमा आफुले यस्ताे निर्णय गरेकाे बताए । 

‘मानव जातिनै काेराेना महामारीले आक्रान्त रहेका बेला मन्त्री सांसदले दसैँ भत्ता लिनु जाएज होइन लागेर मैले नलिने घाेषणा गरेकाे हुँ।’ उनले भने- ‘नियम कानूनले सांसद र राष्ट्रसेवक कर्मचारीलाई दशैं भत्ता दिएकाेले अरुलाई दिने वा नदिने भन्दा पनि मैले आफुले नलिने घाेषणा गरेकाे हुँ ।’

दशैं सुरु भएसँगै सांसदलाई दसैँ भत्ताका कुरा सार्वजनिक रुपमै उठन थालेपछि  फिर्ता गर्ने होड पनि चलेको छ । नेपाली कांग्रेसले आफ्ना सबै सांसदको खातामा दसैँ भत्ता बापत जम्मा गरेको रकम फिर्ता गर्न संसद् सचिवालयलाई औपचारिक पत्र पठाउने तयारी गरेको छ भने सत्तारुढ दलकै सांसदले पनि भत्ता दिएकोमा आपत्ति जनाउँदै फिर्ता गर्न सुरु गरेका छन् ।