
धनगढी– धनगढीमा प्रहरी सहायक निरिक्षक (असई) को हत्यामा संलग्नलाई कारवाही गर्न राष्ट्रिय युवा संघले माग गरेको छ। संघका जिल्ला ईन्चार्ज सुरज खाती र सहईन्चार्ज बाबुराजा श्रेष्ठले विज्ञप्ती जारी गर्दै असई हत्या प्रकरणका दोषीलाई कारवाही हुनुपर्ने उल्लेख गरेका छन्।

शनिबार राती ८ बजे नियमित गस्तीमा खटिएका अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद १० बजेदेखि सम्पर्कविहिन भएका थिए।
उनीहरु मध्ये बिक घाँटी र गर्धन रेटेर हत्या गरेको अवस्थामा मोहना नदीमा भेटिएका थिए भने प्रहरी जवान साउदको अवस्था अझै अज्ञात छ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56