धनगढीमा कोरोना नेगेटिभ रिर्पोट आएपछि भेन्टिलेटरबाट निकालिएका संक्रमितको मृत्यु
2020/10/20, 2:24

रिर्पोट नेगेटिभ आएपछि भेन्टिलेटरबाट निकालिएका कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८ का ३८ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत उनमा असोज २४ गते संक्रमण पुष्टि भएको थियो । सोही दिनदेखि अस्पताल भर्ना भएका उनको रिर्पोट नेगेटिभ आएपछि सोमबार जनरल आइसियुमा सारिएको थियो ।
आइसियुमा सारेपछि ती पुरुषको मृत्यु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । उनको रिर्पोट नेगेटिभ भएकाले सोमबार नै शव आफन्तले बुझेको अस्पतालले जनाएको छ

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56