काग्रेंस नेता महरद्धारा प्रहरी हत्या घटनाको छानविन र दोषीलाई कारवाहीको माग
2020/10/20, 2:49
 
mahar

नेपालीका कांग्रेसका नेता एवं नेवि संघका पूर्व अध्यक्ष नैनसिंह महरले कैलाली प्रहरी हत्या घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि कडा कारवाही गर्न माग गरेका छन् । कैलालीस्थित अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत असई गोविन्द बिकसँगै गत शनिवार साँझ गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउदको शव मोहनामा भेटिएको घटना निन्दनीय रहेको नेता महरको भनाई छ ।

1

सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार नेता महरले यस्तो जोडदार माग गरेका हुन् । ’देशको सुशासनका लागि आफुलाई वलीमा चडाउनु भएका कर्तव्य परायण दुवै राष्ट्रसेवकका प्रति श्रद्धान्जली र ब्रह्मलिन आत्माको चीरशान्तिको कामना गर्दछु । शोकसन्तप्त परिवार प्रति समवेदना व्यक्त गर्दछु ।’ नेता महरले भनेका छन् ।

नेता महरले यस्तो अमानवीय र नृशंस घटनाको  निष्पक्ष छानविनका साथै दोषी उपर कडा कारवाही र उचित क्षतिपुर्ति लागि सरकारसँग जोडदार माग गरेका छन् ।