
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण दार्चुलामा मृत्यु भएका पुरुषको शव व्यवस्थापन गरिएको छ । उपचारका क्रममा मृत्यु भएका दुहुँ गाउँपालिका–२ हिकिलाका ५३ वर्षीय पुरुषको शव ब्यबस्थापन नेपाली सेनाले गरेको छ ।

भवानीदल गणबाट सह सेनानी नवलसिंह रोकायाको कमाण्डमा खटिएको टोलीले कैलालीको गोदावरी- ४ तेघरीको जंगलमा शव व्यवस्थापन गरेको जनाएको छ ।
चार दिन पहिले ज्वरो संगै श्वासप्रश्वासमा समस्या देखिए पछि उपचारका लागि धनगढी आएका उनको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए । उनको मृत्यु भए पछि गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56