दार्चुलामा पेन्सन बुझ्ने नेपालीका लागि सीमा नाका खोलिने
2020/10/20, 3:45
 
corona

भारतीय पेन्सनधारी नेपालीका लागि र्दाुलाका दुई नाका खोलिने भएका छन्। जिल्लाको दार्चुलाको धार्चुला(पुलघाट) र जौलजीवी नाका ३ दिनक सम्मका लागि खोलिन लागेका हुन।

लकडाउनका कारण ३ महिनादेखि भारतीय पेन्सनधारीले पेन्सन बुझ्न नपाएको गुनासो आएपछि नाका खोलिन लागेको दार्चुलाका साहयक प्रमुख जिल्ला अधिकारी ज्योत्स्वना भट्ट जोशीले बताए। 

दार्चुलाको धार्चुला (पुलघाट) र जौलजीवी नाका बुधबार ५ गतेदेखि कार्तिक ७ गते शुक्रबार सम्म खुल्ला रहेने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

कोरोना भाइरसको जोखिमका कारण अन्तर्राष्ट्रिय सीमा नाका बन्द भएकाले दुवैै देशका स्थानीय प्रशासनको समन्वयमा यहि कार्तिक ५ गते देखि तीन दिनका लागि सीमानाका खुला गर्ने सहमति भएको साहयक प्रमुख जिल्ला अधिकारी भट्ट जोशीले जानकारी दिए। 

विहान ९ बजेदेखि दिउँसो २ बजेसम्म नाका खुल्ला रहने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।  सीमामा भारत प्रवेश गर्दा परिचयपत्र अनिवार्य, स्वास्थ्यसम्बन्धी नियमपालना अनिवार्य गर्नुपर्ने जनाइएको छ।

दार्चुलामा ५ सय जना भारतीय पेन्सनधारी नागरिक रहेका छन्। यसअघि पहिले पनि दुवैै देशको सहमतिमा गत असार २४ गते पनि सिमा नाकाहरु खुल्ला गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।