सीमामा प्रहरीको हत्याः धनगढीमा त्रास
2020/10/21, 8:29
 
dhn

धनगढी–कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज (असई) गोविन्द विक र जवान रामवहादुर साउँदको हत्यापछि धनगढीमा त्रास बढेको छ। गस्तीमा गएका प्रहरीको नै विभत्स हत्या भएपछि धनगढीमा त्रास बढेको हो। 

धनगढीको मोहना नदीमा हत्या गरेको अवस्थामा प्रहरी सहायक निरिक्षक मृत भेटिएपछि स्थानीय त्रसित भएका छन् । स्थानीयले प्रहरी नै असुरक्षित भएपछि आम नागरिकमा झनै असुरक्षा बढेको बताएका छन् । ‘प्रहरी नै असुरिक्षत छ अब हाम्रो हालत के होला ?’ स्थानीय इन्द्र चौधरीले भने, ‘बर्षाैदेखि सीमा क्षेत्रमा बस्दै आएका छौ । सुरक्षाकर्मी जस्तै सीमा सुरक्षामा हाम्रो पनि योगदान छ । तर हतियारसहितका प्रहरीको विभत्स हत्या हुन्छ भने आम नागरिकले कसरी सुरक्षाको प्रत्याभुती गर्ने ?’

जुगेडाकै अर्का स्थानीय रोशन भट्टले बर्षाैदेखि प्रहरीकै संरक्षणमा भईरहेको तस्करीका कारण अहिले विभत्स घटना घटेको आरोप लगाए । उनका अनुसारमा विगतमा सो क्षेत्रमा खटाइएका प्रहरीले नै चोरी तस्करीमा सहयोग गर्दै आएका थिए । सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको अस्थायी प्रहरी विटमा सुरक्षाकर्मीको संख्या थप्नुपर्ने माग पनि स्थानीयको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दिलिपसिंह देउवाले प्रहरी ायव निरिक्षकको नेतृत्वमा थप ५ जना प्रहरी खटाइएको जानकारी दिए । यसअघि सो क्षेत्रमा प्रहरी सहायक निरिक्षकको कमाण्डमा १० जना प्रहरी खटाइएको थियो । 

शनिवारदेखि वेपत्ता रहेका असई विकको आईतवार र जवान साउँदको मंगलवार शव फेला परेकोमा प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा पक्राउ गरेका सात जनालाई मंगलवार सार्वजनिक गरेको छ। प्रहरीले दुबै जनाको केराउ तस्करहरुले हत्या गरेको दावी गरेको छ ।

जुगेडाको बनकट्टी घाट चोरी तस्करीको ट्रान्जिट पोइन्ट हो । सो घाट भएर भारतीय बजार पलिया, सुडाबाट अवैध सामान धनगढी बजार पु¥याउने कार्य हुुुँदै आएको छ ।