धनगढीका व्यापारीको कोरोना संक्रमणबाट मृत्यु
2020/10/21, 8:49
 
file

धनगढी– धनगढीका एक जना व्यावारीको कोरोना संक्रमणबाट मृत्यु भएको छ। धनगढीको चौधरी एजेन्सीका ६० बर्षीय सञ्चालकको भारतीय सहर लखनउमा उपचाकार क्रममा मृत्यु भएको हो।

धनगढीमा रहँदा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि लखनउ लगिएको थियो। सोमवार राति उनको मृत्यु भएको हो। उनको लखउनमा भेन्टिलेटमा राखेर उपचार भईरहेको थियो।