
सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय २ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले ९ वटै जिल्लामा सो संख्यामा संक्रिय संक्रमित रहेको जनाएको छ । निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार कैलालीमा सबैभन्दा धेरै सक्रिय संक्रमित छन् ।

कैलालीमा ६ सय ३६ जना संक्रिय संक्रमित रहेको छन् । यस्तै डोटीमा १ सय ४६, बझाङमा १ सय ४५, कञ्चनपुरमा १ सय ४१, दार्चुलामा १ सय ३० जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।
अछाममा ८०, डडेल्धुरामा ६२, बैतडीमा ५२, बजुरामा ६ र प्रदेश बाहिर घर भई सुदूरपश्चिममा बस्दै आएका ५ जना सक्रिय संक्रमित छन् ।सुदूरपश्चिममा ९ हजार बढिमा कोरोना पुष्टि भएको छ । उनीहरु मध्ये ७ हजार ४ सय बढि संक्रमण मुक्त भएका छन् ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/04/21, 9:33
2021/11/08, 12:42
2022/10/14, 11:46