गोदावरीको कुटी बछेडा सडक आयोजनाको शिलान्यास
2020/10/21, 11:38
 
pool

पुर्वाधार बिकास कार्यालय कैलालीको साढे ३ करोडको लागतमा गोदावरी नगरपालिकाको ६ मा कुटी बछेडा सडक पुल आयोजनाको शिलान्यास गरिएको छ । सम्झौता भएको झण्डै ४ महिना पछि उक्त पुलको सुदुरपश्चिम प्रदेश सभा सदस्य चुनकुमारी चौधरीले आज शिलान्यास गरेकी छिन ।

पुलको शिलान्यास गर्दै प्रदेश सभा सदस्य चौधरीले बर्षाको बेला स्थानीयले लामो बाटो प्रयोग गर्दै आएकोमा पुल निर्माण पछि सहज हुने बताइन । उनेल निर्माण कम्पनीलाई समयमानै पुलको निर्माण सम्पन्न गरि आवागमनमा सहज गराइदिन आग्रह गरिन ।

2

लागत अनुमान ४ करोड १६ लाख ८९ हजार २९१.५० रुपैया रहेको पुलको एलबि एण्ड एबि बिल्डर्स प्रालि धनगढीले ३ करोड ५८ लाख २२ हजार १३७.८० रुपैयामा २०७७ असार २९ गते ठेक्का सम्झौता गरेको थियो । २०७८ मंसिर २९ गते निर्माण सम्पन्न गर्ने सम्झौता भएको उक्त पुलको निर्माणपछि, स्वास्थ्य उपचार लगायतका अन्य सुबिधाका लागि सहज हुने स्थानीयले बताएका छन ।