धनगढीकी क्यान्सर पीडित खड्काको शल्यक्रिया सफल
2020/10/21, 12:55
 
VIDYA

धनगढी- धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की विद्या खड्काको शल्यक्रिया सफल भएको छ। भारतको राजधानी दिल्लीमा रहेको राजिव गान्धी क्यान्सर अस्पतालमा क्यान्सर पीडित खड्काको शल्यक्रिया सफल भएको हो।

शल्यक्रिया सफल भएपछि उनी सात दिनपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन्। सात दिनको अस्पताल बसाईपछि डिस्चार्ज भएर घर फर्किदा खुसी भएको र शल्यक्रिया सफल भएको बताउँदै केही दिनपछि आउने रिपोर्टको प्रतिक्षा रहेकाे खड्काले बताइन्। 

डेढ बर्ष अगाडिको काठमाडौँमा उपचारका क्रममा खड्कालाई मेटास्टेसिस क्यान्सर भएको पुष्टि भएको थियो। क्यान्सर देखिएपछि एक बर्ष दिल्लीमा उपचार गराइएको थियो भने केही समय काठमाडौँमा पनि उपचार भएको थियो।

खड्का फुटवल खेलाडी डेविड खड्काकी श्रीमती हुन्। सुदूरपश्चिमले छैठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुषतर्फ फुटवलमा स्वर्ण पदक जित्दा डेभिडले सुदूरपश्चिमको प्रतिनिधित्व गरेका थिए।