भारतबाट दुई महिलाको उद्धार गरी धनगढी पुगाइयो
2020/10/21, 4:52
 
corona

भारतको नयाँदिल्लीमा अलपत्र परेका दुई महिलाको माइती नेपालको पहलमा उद्धार गरी धनगढी पुर्याइएको छ । कुवेतमा नोकरी लगाइदिने भन्दै दलालले दिल्ली पुर्याएर अलपत्र पारेपछि मकवानपुरकी ५२ वर्षीया महिला र रौतहट माइतीघर भई भारतको बिहार घर भएकी २९ वर्षीया महिलाको उद्धार गरिएको हो । २९ वर्षीया महिलासँग दुई नाबालक छोरीसमेत छन् ।

घरमा सासू, ससुरा, देवर र श्रीमान्को दुव्र्यवहार झेल्दै आउनुभएकी उनी दलालको फन्दामा परेर दिल्ली पुगेको पाइएको माइती नेपाल धनगढी शाखा प्रमुख शिवनारायण चौधरीले बताए । उद्धारका लागि पीडित माइती पक्षले दिएको निवेदनपछि  उद्धार गरिएको जनाइएको छ ।

यस्तै कुवेत जानका लागि दिल्लीमा पासपोर्ट बनाउन आउनु भन्दै दलालले दिल्ली पु¥याएर अलपत्र पारेकी मकवानपुरकी ५२ वर्षीया महिलाको पनि उद्धार गरिएको छ । दिल्लीमा एक नेपाली महिलाको सम्पर्कमा आएपछि उनको उद्धारको पहल गरिएको थियो । प्रलोभनमा पारी यी दुई महिलालाई दिल्ली पुर्याउने दलाल भने फरार भएको जनाइएको छ ।

यसअघि गत असोजमा पनि माइती नेपालले दलालको फन्दामा परेर भारत जाँदै गरेकी नवलपरासीकी एक महिलाको पनि कैलालीको त्रिनगर सीमानाकाबाट उद्धार गरेको थियो । “दिल्लीमा रहेको दलालले महिनामा ४० हजार पाइन्छ भन्दै उतै बोलाएका रहेछन्”, चौधरीले भने, “उहाँ दिल्ली जाँदै गर्दा त्रिनगरनाकाबाट उद्धार गरेका थियौँ ।”