
धनगढी– कैलालीका ४२ सहित थप ४७ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४७ जनामा संक्रमण पुष्टि भएको हो।

धनगढी उप–महानगरपालिकामा मात्रै २३ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै स्थानीय तह नखुलेका सात जना, जोशीपुरका दुई जना, बर्दगोरीयाका एक जना, टीकापुरका दुई जना, कैलारीका एक जना, गौरीगंगाका एक जना, गोदावरीका तीन जना र लम्कीचुहाका एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।
कञ्चनपुरको कृष्णपुरका एक जना, बेलौरीका एक जना, भीमदत्तका एक जना, पुनरवासका एक जना र डोटीको केआईसिंहका एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56