कञ्चनपुरका कोरोना संक्रमित युवकको बाँकेमा मृत्यु
2020/10/21, 9:25
 
death

बाँकेमा आज थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोनाबाट कञ्चनपुर बेलाडी—५ का २४ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो। 

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति नरेश श्रेष्ठले मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि कोहलपुर आएका युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिए।  उनलाई गत असोज ३० गते थप उपचारका लागि कोहलपुर शिक्षण अस्पताल भर्ना गरिएको थियो। कोरोना भाइरससँग मिल्दो लक्षण देखिएका उनको कात्तिक ३ गते स्वाब संकलन गरिएको थियो। 

त्यसैदिन उनको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ। कोरोना पोजेटिभपछि सम्पूर्ण पद्धति अपनाएर उपचार गर्दा पनि उनलाई बचाउन नसकिएको  श्रेष्ठले बताए। बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका १५ जनाको कोरोनााट मृत्यु भइसकेको छ।