सीमामा हत्या गरिएका प्रहरीका परिवारलाई जनही दुई लाख दिने प्रदेश सरकारको निर्णय 
2020/10/22, 1:28
 
death

सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई जनही २ लाख दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको बैठकमा दुबै परिवारलाई २÷२ लाख दिने निर्णय गरेको हो ।

तत्काल परिवारका सदस्यहरुलाई एक एक लाख रुपैयाँ उपलब्ध गराउने र बाँकी एक लाख उनीहरुको सन्तानको लागि मुद्धति खातामा राखिदिने निर्णय गरिएको हो । तस्करी नियन्त्रण गर्ने क्रममा तस्करद्वारा अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रमुख समेत रहेका (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँदको हत्या गरिएको थियो ।