नेपाल र भारत जोड्ने अन्तर्राष्ट्रिय झोलुंगे पुल तीन दिनका लागि खुल्यो 
2020/10/22, 3:01
 
pool

सुदूरपश्चिम प्रदेशमा रहेको दार्चुला जिल्लालाई भारतको धारचुलासँग जोड्ने अन्तर्राष्ट्रिय झोलुंगे पुल तीन दिनका लागि पुनः खुला गरिएको छ । भारतीय सेना तथा अन्य संगठनमा काम गरेका नेपाली नागरिकलाई पेन्सन लिन जानका लागि पुल खोलिएको हो । बुधवारदेखि शुक्रवारसम्म दिनको पाँच घन्टाका लागि पुल खोलिएको हो ।

बुधवार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म पुल खोलिएको थियो । पेन्सन लिनका लागि २३८ जना नेपाली नागरिक भारत प्रवेश गरेका थिए र १५१ जना भारतीय नागरिक नेपाल पुगेका थिए,’ धारचुलाका तहसीलदार मोहन गोस्वामीले बताए ।

सबै पेन्सनरहरूलाई प्रत्येक महिना बैंकबाट पैसा झिक्नका लागि यो सुविधा उपलब्ध गराइने धारचुलाका डेपुटी कलेक्टर अनिल कुमार शुक्लाले बताए । ‘नेपालको अनुरोधमा यी पुलहरू भारतीय सेनाका पूर्व सैनिक र सेवानिवृत्त कर्मचारीहरूका लागि खोलिएको हो, उनले बताए ।