भारतीय पेन्सर सहितको भीडभाडले दार्चुलाको खलंगामा तनाव सिर्जना भएको छ । पेन्सनर संगै अरु मानिसहरु पनि भारत जान खोजेपछि बढेको भीडभाडले खलंगामा तनाव सिर्जना भएको हो । दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले शुक्रबार मात्रै ५ सय जना भारतीय पेन्सर र अरु मानिसहरु भारतीय बजार जान थालेपछि पुलको ढोका बन्द गरेको बताए ।
पेन्सन कार्ड नवीकरण गर्ने र पेन्सन बुझ्ने भारतीय पेन्सनरहरुका लागि कार्तिक ५, ६ र ७ गते विहान ९ बजेदेखि २ बजेसम्म जान दिएको तर अरु मानिसहरु समेत जान थालेपछि असहज वातावरण भएको प्रजिअ पोखरेल जानकारी दिए । तर आवश्यकताका आधारमा जान दिएको उनको भनाइ थियो ।
सीमामा फसेकाहरुलाई स्वदेश फर्काउन, नेपालबाट भारत जान चाहने भारतीय नागरिकलाई भारत फर्काउनका लागि नाका खुला गरिएको थियो । बुधबार मात्रै नाका खुलेसँगै २२८ जना पेन्सन धारीले भारतबाट पेन्सन बुझेका छन् । उनीहरुले जौलजीवि र धार्चुला पुगेर पेन्सन बुझेका हुन् । यस्तै सीमा नाका खुलेसँगै ९६ जना स्वदेश फर्किएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
सदरमुकामस्थित दार्चुला धार्चुला जोड्ने झोलुंगे पूलबाट ६३ जना महिला तथा १ सय ७ जना पुरुष गरी १७१ जनाले पेन्सन बुझेका छन् । भने मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ मा रहेको जौलजिबी नाकाबाट ५७ जनाले पेन्सन बुझेका छन् । लकाडउनका कारण लामो समयसम्म पेन्सन बुझ्न नपाएका नेपाली नागरिकहरुले नाका खुलेसंगै पेन्स बुझ्न शुरु गरेका छन् । दार्चुलामा ५ सय नागरिक भारतीय पेन्सनधारी रहेका छन् ।
उनीहरुले लकडाउनका कारण सीमानाका बन्द हुँदा गएको साउन देखि पेन्सन रकम बुझ्न सकेका थिएनन् । भने असार महिनाको २४ गते पनि ३ दिनका लागि दार्चुलाका दुबै नाकाहरु खुला गरिएका थियो ।