प्रहरी निरीक्षक (इन्सपेक्टर) वकिलबहादुर सिहले कोरोना जितेका छन् । कञ्चनपुरको ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीबाट सरुवा भइ काठमाडौँ जाने क्रममा परीक्षण गराउँदा संक्रमण पुष्टि भएका सिहले कोरोना जितेका हुन् ।
शुक्रबार परीक्षण गराउँदा रिर्पोट नेगेटिभ आएको सिहले बताए । असोज १४ गते संक्रमण देखिएका सिह झण्डै २३ दिनपछि संक्रमण मुक्त भएका हुन् । सिहलाई कोरोना पोजेटिभ देखिएपनि लक्षण भने थिएन् । सीमा नाकामा खटिएका बेला कोरोना सरेको हुन सक्ने सिहको अनुमान छ ।
उनले कोरोना संक्रमण भएका बेला मनाबल उच्च राख्न हौसला दिने सबैलाई धन्यवाद समेत दिएका छन् । सिहको प्रहरी प्रधान कार्यालय साईबर ब्युरो कानूनी परामर्श काठमाडौँ सरुवा भएको छ ।
2024/11/25, 5:44
2024/11/25, 5:43
2024/11/25, 5:26
2024/11/25, 4:30
2024/11/25, 4:05
2024/11/25, 5:44
2024/11/25, 5:43
2024/11/25, 5:26
2024/11/25, 4:30
2024/11/25, 4:05
2020/10/17, 9:40
2021/12/07, 11:48
2023/04/23, 6:07