कैलालीबाट पक्राउ परेका ओझालाई रिहाइ गर्न नेविसंघको माग
2020/10/29, 6:51
 
death

 कैलालीबाट पक्राउ परेका संघका नेता दिपक ओझालाई रिहाइ गर्न नेविसंघले माग गरेको छ । नेवि संघ शंकरदेव क्याम्पसका नेता ओझालाई प्रहरीले बुधबार अत्तरिया कैलालीबाट नियन्त्रणमा लिएको थियो।  बिनाकसुर सत्ता र शक्तिको आडमा प्रहरी प्रशासनमार्फत् नेविसंघ नेताहरूलाई पक्राउ र यातना दिइनु सरकारको अमानवीय र निन्दनीय रबैया भएको नेविसंघ अध्यक्ष राजिब ढुंगानाले आज निकालेको विज्ञप्तिमा उल्लेख छ।

2

त्रिवि समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गरी घाइते बनाएको घटनामा ओझा एक योजनाकार भएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। कैलालीबाट पक्राउ परेका ओझालाई काठमाडौं ल्याएपछि थप अनुसन्धान गर्ने प्रहरीको भनाइ छ।  उपप्राध्यापक चलाउनेमाथि गत असोज २० मा त्रिवि परिसरभित्रै कुटपिट भएको थियो। घटनामा संलग्न रहेको आरोपमा यसअघि प्रहरीले केहीलाई पक्राउ गरिसकेको छ।