कैलालीकी २८ वर्षीय  कोरोना संक्रमित महिलाको मृत्युु
2020/10/30, 9:27
 
death

कात्तिक ३ गते कोरोना उपचारका लागि भर्ना भएकी कैलालीकी संक्रमित महिलाको मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ की २८ वर्षीय संक्रमित महिलाको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको हो । 

भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतमले छाला र मिर्गौलासम्बन्धी रोगको उपचार गराइरहेकी महिलाको संक्रमणबाट मृत्यु भएको जानकारी दिएकी छन् ।