सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या १३१२,  एकैदिन चार सय जना डिस्चार्ज 
2020/10/31, 8:22
 
corona

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ३ सय १२ रहेको छ ।यसअघि वढ्दै गएको सक्रिय संक्रमितको संख्या केही घटेको हो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ५ सय ४५ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी डोटीमा १ सय १३, कञ्चनपुरमा ६९, बझाङमा १ सय ६७ कोरोनाका सक्रिय संक्रमित रहेका छन ।  अछाममा ८४, बैतडीमा ३४, डडेल्धुरामा ८७, दार्चुलामा १ सय ८८ जना, बाजुरा ६ र प्रदेश बाहिर १९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन ।

एकैदिन थप चार सय जना डिूचार्ज पनि भएका छन् । कैलालीका ३ सय ३१ जना, डोटीका ४४ जना, सेती प्रादेशिक अस्पतालबाट १७, बझाङबाट १० जना र कञ्चनपुरबाट ८ गरी चार सय जना डिस्चार्ज भएका छन । 

सुदूरपश्चिमबाट हालसम्म ८ हजार १८ जना डिस्चार्ज भएका छन । सुदूरपश्चिममा ९ सय २४ जनाको स्वावको रिर्पोट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।