सुदूरपश्चिममा थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
2020/10/31, 5:15
 
korona

कैलालीका ४६, कञ्चनपुरका ५ जना र डडेल्धुरका एक जनाहित सुदूरपश्चिममा थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा  सेती प्रादेशिक अस्पतालमा ३ सय ९७ जनाको परीक्षण गरिएकोमा ३८ जनामा संक्रमण पुष्टि भएको हो । 

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का २५ जना, वडा नम्बर २ का ३ जना, वडा नम्बर ५ का २ जना, वडा नम्बर ७ र ८ का एक/एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए /

यस्तै कैलालीकै जानकारी गाउँपालिकाका ६ जना, गोदावरी नगरपालिकाकाक ४ जना र ठेगाना नखुलेका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिकाका ५ जना र डडेल्धुराको अमरगढी नगरपालिका–५ का एक जनामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।