सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार नजिक पुगेको छ । प्रदेशका नौ वटै जिल्लाहरुमा गरी हालसम्म कोरोना संक्रमितको संख्या १० हजार नजिक पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या ९ हजार आठ सय २५ पुगेको छ । संक्रमित भएकामध्ये ८ हजा र ८८ जनाले कोरोना जितेका छन् । ३५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
आईतबार सुदूरपश्चिम प्रदेशमा थप ७५ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशाला, डडेल्धुरा अस्पताल प्रयोगशाला, डोटी अस्पताल प्रयोगशाला र जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए । उनका अनुसार ४ वटै प्रयोगशालामा ४ सय ९६ जनाको परीक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको हो ।