सुदूरपश्चिमको आर्थिक विकासले गति लिन्छ: मन्त्री भट्ट
2020/11/02, 7:33
 
mantri

उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टले सुदूरपश्चिमको आर्थिक विकासले गति लिने बताएका छन् । कैलालीको विशेष आर्थिक क्षेत्रको स्थलगत अवलोकनपछि गोदावरीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उद्योग मन्त्री भट्टले सुदूरपश्चिमको आर्थिक विकासले गति लिनसुरु गरेको बताएका हुन ।

कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह र अन्तरदेसिय विशेष आर्थिक क्षेत्र स्थापनाको शुभारम्भ भएको बताउँदै उनले १० वर्षदेखि रोकिएका विकास निर्माणका कामले गति लिने दावी गरेका हुन । भट्टले कञ्चनपुरको महाकाली नगरपालिकामा निमाएण हुने नेपाल भारत अन्तरदेशिय विशेष आर्थिक क्षेत्र सहितको सुख्खा बन्दरगाह निर्माण सुरु गर्न मन्त्रालयका सह–सचिव नेतृत्वको टोलीले स्थलगत अध्ययन थालेको बताए । 

अत्तरियादेखि धनगढी सम्मको करिब १५ किलोमिटर राजमार्गको दुवै तर्फ उद्योग पूर्वाधार सहितको सुविधा सम्पन्न आर्थिक कोरिडोर स्थापनाको काम अघि बढेको पनि उनले बताए । अत्तरिया–धनगढी कोरिडोरको मास्टर प्लान तयार गरी विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भइरहेको समेत उनले बताएका छन् भने दैजी छेला औद्योगिक क्षेत्र निर्माणको पनि थालनी भएको दावी गरेका छन् ।