कञ्चनपुरमा क्वारेन्टाईन व्यवस्थापनमा जुटेका वडाध्यक्षको मृत्यु, कोरोना परीक्षण गरिने
2020/05/27, 7:13

कञ्चनपुरमा क्वारेन्टाईन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष कल्लु रानाको गए राति मृत्यु भएको हो ।

वडा नम्वर ७ कै राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका ५८ बर्षीय वडा अध्यक्ष राना एक्कासी बेहोस भएका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय रैकवारविचवाका प्रहरी सहायक निरीक्षक भीमसिंह धामीले मृत्युको कारण खुल्न नसकेको बताए । उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । उनको कोरोना परीक्षण हुने अस्पतालले जनाएको छ । सुरुमा शवको पोष्टमार्टम गरिने र त्यसपछि परीक्षणका लागि स्वाब संकलन गरिने अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले जानकारी दिए ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/16, 6:42
2020/12/02, 11:08
2022/01/14, 1:22