सुदूरपश्चिम प्रदेशमा थप ४० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशाला, डडेल्धुरा अस्पताल प्रयोगशाला, जिल्ला अस्पताल बझाङ प्रयोगशाला, जिल्ला अस्पताल बैतडी र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ४ सय ७७ जनाको परीक्षण गरिएकोमा थप ४० जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सेती अस्पताल प्रयोगशालामा २० जना, डोटी अस्पताल प्रयोगशालामा ७ जना, जिल्ला अस्पताल बझाङ प्रयोगशालामा ६ जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा ४ जना र जिल्ला अस्पताल बैतडी प्रयोगशालामा ३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ७८ जनाको परीक्षण गर्दा कैलालीका १७ सहित थप २० जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाका १४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । उप–महानगरपालिकाको वडा नम्बर ५ का ७ जना, वडा नम्बर १ का ४ जना, त्यसैगरी वडा नम्बर २, ३ र ७ का एकरएक जनामा संक्रमण पुष्टि भएको उनले बताए ।
कैलालीकै गोदावरी नगरपालिकाका ३ जना, यस्तै कञ्चनपुरको बेदकोट नगरपालिका–१, बैतडीको दशरथचन्द नगरपालिका–३ र दार्चुलाको महाकाली नगरपालिका खलंगाकामा एकरएक जना संक्रमित समेत थपिएका सूचना अधिकारी श्रेष्ठले बताए ।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९ हजार ९ सय ५५ पुगेको छ । संक्रमित मध्ये ८ हजार १ सय ३८ जनाले कोरोना जितेका छन् भने ३६ जनाको मृत्यु भएको छ ।