कैलालीमा तलब नदिएको भन्दै विद्यालयमा शिक्षिकाको ताला
2020/11/05, 7:25
 
talabandi

कैलालीमा विद्यालयले एक वर्षको तलब नदिएको भन्दै शिक्षिकाले ताला लगाएका छन् । अत्तरियामा रहेको समता स्कुलमा शिक्षिकाहरुले ताला लगाएका हुन् । उनीहरुका अनुसार विद्यालयले एक वर्षको तलब दिएको छैन् । स्कुलमा कार्यरत १६ जना शिक्षिकाहरुले एक वर्षदेखि तलब नपाएको गुनासो गरेका छन् । 

शिक्षिका कल्पना खड्काले स्कुल स्थापना कालदेखि अहोरत्र खटिएर काम गरेको भएपनि आफूहरुले एक वर्षदेखि तलब नपाएकाे बताइन् । अर्की शिक्षिका सृजना राईले तलबको माग गर्दा विद्यालयकी प्रिन्सीपले वास्ता नगरेको बताइन् । 

विद्यालयमा कार्यरत शिक्षिकाहरुले विद्यालयमा प्रतिकुल वातावरणमा पनि अध्यापन गराईरहेको भएपनि एक वर्षाकाे तलब नपाउँदा आफूहरु बाद्य भएर संर्घषमा उत्रिएको बताएका छन् । उनीहरुले विद्यालयमा कार्यरत १६ जना शिक्षिकालाई कार्तिक २५ गते भित्र सम्पूर्ण तलब भुक्तानी गर्नुपर्ने, विद्यालयमा प्रिन्सीपलको मनोमानी रोकिनु पर्ने, बिद्यालयमा पारदर्शिता हुनुपर्ने लगायतका माग राखेका छन् । उनीहरुले माग पुरा नभएसम्म विद्यालय संचालन गर्न नदिने दाबी गरेका छन् ।

उता विद्यालयकी प्रिन्सीपल रितु पाण्डेले केन्द्रबाट नै तलब नआएकाले आफूहरुले शिक्षिकाहरुलाई तलब दिन नसकेको बताईन् । उनले ट्रष्टबाट संन्चालित स्कुल भएकाले लकडाउनमा दाताहरुबाट रकम संकलन हुन नसकेकाले तलब खुवाउन समस्या भएको बताईन् ।

२०७२ सालमा अत्तरियामा स्थापना भएको समता स्कुलमा हाल १७ जना शिक्षिका कार्यरत रहेका छन । ४ कक्षा सम्म अध्यापन हुने स्कुलमा १ सय २० विद्यार्थी अध्ययनरत छन् ।  समता स्कुल नेपालका ७७ जिल्ला  श्रीलंका, बंगलादेश र भारतमा समेत सञ्चालनमा रहेको छ ।