
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । बुधबार प्रदेशका ३ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ६४ जना थपिएसँगै संक्रमितको संख्या १० हजार नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदुरपश्चिममा हालसम्म कोरोना संक्रमितको संख्या १० हजार ९ पुगेकोे छ । तर सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले भने संक्रमितको संख्या ९ हजार ६ सय ९३ मात्र पुगेको जनाएको छ ।
मन्त्रालयले सुदूरपश्चिम घर भई प्रदेश बाहिर बसोबास गर्नेहरुको संख्या समेत उल्लेख गर्दा संघीय सरकारको तथ्यांक बढी देखिएको दावी गरेको छ । बुधबार कैलालीका ४५ सहित थप ६४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० हजार नाघेको हो ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/26, 9:25
2022/01/05, 12:35
2020/07/17, 6:43
2020/12/02, 1:22
2022/08/17, 5:31