१४ बुँदे माग मुद्दा प्रति सरकार गम्भिर नभए कडा आन्दोलन: थरुहट मोर्चा
2020/11/05, 5:27
 
Andolan

थरुहट मोर्चाा नष्ट्रिय मोर्चाले टीकापुरमा पत्रकार सम्मेलन गरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पहिचानको आधारमा संघीय व्यवस्था लागुु हुनुपर्ने भन्दै लम्मो समयदेखि संघर्षरत मोर्चाले उठान गरेको १४ बुँदे माग मुद्दा प्रति सरकार गम्भिर नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले मोर्चाले उठाएको माग मुद्दा प्रति सरकार गम्भिर नभएकोले आन्दोलन गर्न बाध्य भएको बताए ।  मोर्चाका कैलाली संयोजक माधव चौधरीले कैलालीको राजनितिक दल, जिल्ला कार्यालयमा थरुहट थारुवानले उठान गर्दै आएको माग मुद्दा र टीकापुरको विषयमा स्पष्ट धारणा सहित ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बताए ।

मोर्चाले संघीयता संस्थागत गर्न संविधानको धारा २७४ लगायत पहिचान विरोधी धारा र अनुसुची ४ संशोधन गर्नुपर्ने, थरुहट आन्दोलनको क्रममा टीकापुर घटना पश्चात झुट्टा मुद्दा लगाइएका थरुहट राजबन्दी सांसद रेशमलाल चौधरी सहितको मुद्धा खारेज करे गर्नु पर्ने माग राख्दै आएको छ ।