कञ्चनपुरको महाकाली नदीमा जलयात्रा सञ्चालनको तयारी, निजी क्षेत्र उत्साहित
2020/11/06, 2:26
 
ryafting

पर्या–पर्यटनको दृष्टिकोणले ठूलो सम्भावना बोकेको कञ्चनपुरमा पर्यटन विकासको लागि ¥याफ्टिङ सञ्चालनको तयारी गरिदैंछ । पर्या–पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भीमदत्त नगरपालिका–९ खल्ला मछेट्टी स्थित महाकाली नदीमा ¥याफ्टिङ सञ्चालनको तयारी गरिएको हो । महाकाली नदीमा व्यवसायिक रुपमा ¥याफ्टिङ सञ्चालनका लागि तालिम प्राप्त जनशक्ति समेत तयार पारिएको नगरपालिकाको कार्यालयले जानकारी दिएको छ ।

नगरपालिकाले १० जना युवालाई सुर्खेत पठाएर तालिम गराएको हो । महाकाली नदीको बहुउपयोग गर्ने उद्देश्यले नगरको योजना अनुसार दिगो व्यवस्थापन सहित ¥याफ्टिङ सञ्चालन गर्न लागेको नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताए ।  ‘महाकाली नदीमा बहुउपयोगको राम्रो सम्भावना भएकोले नगरले व्यवसायिक तवरबाट हेरेर ¥याफ्टिङको सम्भावना औलाएपछि ¥याफ्टिङ सञ्चालनको सोच बनाएको थियो’, उनले भने–‘नगरले सोचमामात्रै केन्द्रित नरहेर केही समय अगाडि ¥याफ्टिङको सफल परिक्षण गरेकोछ, बिचमा कोभिडको कारणले केही बाधा उत्पन्न भएपनि अबको केही समयमै ¥याफ्टिङ सञ्चालन गर्ने योजना नगरपालिकाको छ ।’ ¥याफ्टिङलाई व्यवसायिक तथा रोजगारको महत्वपूर्ण स्रो पहिचान गरेर सञ्चालन गर्न लागेको प्रमुख विष्टले बताए ।

विद्युतीकरण, सिँचाइ व्यवस्था गर्ने कार्यमामात्रै सीमित नरहि नदीको बहुउपभोग गर्न आवश्यक रहेको औंल्याइएको छ । नदीको बहुउपयोग गरेर नगरको आयआर्जन बढाउन सकिने भएका कारण नगरपालिकाले ¥याफ्टिङ सञ्चालनको लागि तयारी गरिरहेको जनाइएको छ । नगरपालिकाले ¥याफ्टिङ सञ्चालन गर्नको लागि निश्चित स्थान पनि पहिचान गरेको छ ।  मछेट्टी गाउँको उत्तरतर्फ साईलेन्ट रिभर स्थानदेखी खल्ला गाउँको पश्चिमसम्म ¥याफ्टिङ सञ्चालन गर्ने योजना बनाइएको नगरपालिकाले जनाएको छ । याफ्टिङ सञ्चालन गरेपछि सो क्षेत्रमा पर्ने तीन वटा गाउँका स्थानीयले रोजगारी पाउने र उनीहरुको आयआर्जनमा वृद्धिसमेत हुने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ । 

‘नदी किनारमा नगरपालिका अन्तर्गतका तीन ओटा गाउँ पर्दछन्, ¥याफ्टिङ सञ्चालनले तीन वटै गाउँका मान्छेलाई ठूलो सहयोग पुग्नेछ’, प्रमुख विष्टले भने–‘कृषि, पशुपालन लगायत विभिन्न सम्भावना बोकेको सो क्षेत्रमा पर्यटनको क्षेत्रमा ¥याफ्टिङ  सञ्चालन पश्चात ठूलो परिवर्तन हुने सम्भावना पनि छ । अध्ययन पनि गरिएको छ ।’ अबको केही दिनमै ¥याफ्टिङ  सञ्चालन गर्नको लागि आवश्यक कार्यहरु अगाडि बढाउने तयारीमा नगरपालिका जुटिसकेको उनले उल्लेख गरे । विषेश गरी नगरपालिकाले आन्तरिकसँगै बाह्य पर्यटकलाई लक्षित गरेर ¥याफ्टिङ  सञ्चालन गर्न लागेको हो । चैत्रदेखी असार महिनासम्म चल्ने पूर्णागिरी मेलामा उल्लेख्य रुपमा भारतीय पर्यटक ब्रह्मदेव क्षेत्रमा मन्दिरको दर्शन गर्न आउने भएकाले उनीहरुलाई ¥याफ्टिङ गराउन सके धेरै फाइदा हुने जनाइएको छ ।

यस्तै नगरपालिकाले ¥याफ्टिङ  सञ्चालन गर्नको लागि सीमा नदी भएकोले परराष्ट्र मन्त्रालयमा पनि पत्राचार गरेको छ ।  ‘महाकाली नदी सीमा नदी भएकोले परराष्ट्र मन्त्रालयमा ¥याफ्टिङ  सञ्चालनको लागि पत्राचार गरेको अवस्था पनि हो, नदी पारितर्फ भने भारतीय पक्षले ¥याफ्टिङ  सञ्चालन गरेको गर्दै आएको छ’, उनले भने, ‘सुरक्षाको दृष्ट्रिकोणले पनि हामीले जल गस्ती गर्न सक्छौ । ¥याफ्टिङ सञ्चालनको लागि केही भौतिक पूर्वाधारको अभाव भएपनि नगरपालिकाले सडक पुगाएको अवस्था छ ।’ 

महाकाली लोकमार्ग पनि नदी किनार गाउँ भएर जाने भएकोले ¥याफ्टिङ सञ्चालनले सो क्षेत्रका नागरिकको दैनिक जीवन फेरिने सम्भावना पनि रहेको छ । यस्तै ¥याफ्टिङ सञ्चालन गर्नको लागि नगरपालिकाले आवश्यक व्यवस्थापन गर्ने तयारी गरेको छ । सञ्चालन गरिसकेपछि नगरपालिकाले निजी क्षेत्रसंग सहकार्य गरेर अगाडि बढ्ने जनाएको छ ।  भीमदत्त नगरपालिका–९ खल्ला मछेट्टी स्थित महाकादी नदीमा ¥याफ्टिङ सञ्चालन हुने भएपछि स्थानीय पनि खुसी भएका छन् ।

¥याफ्टिङ सञ्चालन भएमा सानो भएपनि रोजगार मिल्ने भन्दै स्थानीय उत्साहित भएका हुन् । स्थानीयवासी विसनसिंह खत्रीले ¥याफ्टिङ सञ्चालन भएपछि स्थानीयको आयश्रोत बृद्धि हुने बताए । उनले ¥याफ्टिङ सञ्चालन भएपछि भौतीक पूर्वाधारको विकास हुने भन्दै गाउँको समेत विकास हुने बताए । 

‘¥याफ्टिङ सञ्चालन भएपछि भौतिक पूर्वाधारको पहुँच छिटो हुन्छ, पर्यटन प्रवद्र्धन बढ्छ’, खत्रीले भने–‘गाउँमा आवतजावत बढेपछि गाउँको आर्थिक विकास पनि बढ्दै जान्छ, ¥याफ्टिङ सञ्चालन भएपछि गाउँको मुहार नै परिवर्तन हुने सम्भावना हुन्छ ।’ यस्तै, अर्का स्थानीय करनसिंह ठगुन्नाको बुझाइ पनि उस्तै छ । ¥याफ्टिङ सञ्चालन भएमा स्थानीयले रोजगारी पाउने उनले बताए । ठगुन्नाका अनुसार ¥याफ्टिङ सञ्चालन भएपछि आन्तरिक तथा बाह्रय पर्यटक ¥याफ्टिङ गर्न आउने भएकोले स्थानीयलाई सानो भएपनि व्यापार गर्न मिल्ने र आर्थिक लाभ हुनेछ । 

निजी क्षेत्र उत्साहित
नगरपालिकाले ¥याफ्टिङ सञ्चालन गर्ने भएपछि निजी क्षेत्रपनि उत्साहित देखिएको छ । कञ्चनपुर उद्योग वाण्ज्यि सघका अध्यक्ष जंगबहादुर मल्लले ¥याफ्टिङ सञ्चालन भएपछि ¥याफ्टिङबाटै नगर क्षेत्रको पर्यटनमा आमूल परिवर्तन हुने विश्वास व्यक्त गरे । तर, दुई देशको सीमाक्षेत्र भएकोले ¥याप्टिङ सञ्चालन गर्नु पूर्व आपसी समझदारी गर्न जरुरी रहेको बताए । ‘¥याफ्टिङ सञ्चालनले नदी किनारमा रहेका बस्तीको पूर्वाधार विकासमा पनि टेवासमेत पुग्ने भएकोले ¥याफ्टिङलाई व्यवस्थित रुपले कालान्तरसम्मका लागि सञ्चालन गरिनुपर्दछ ।’ ¥याफ्टिङ सञ्चालन भएपछि नगर क्षेत्रका अरु पर्यटकीय स्थलको प्रवद्र्धनमा पनि टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।

¥याफ्टिङ सञ्चालन गर्ने भनिए पनि पूर्वाधारको विकास भने भइसकेको छैन । नदीसंग जोडिएका गाउँको पूर्वाधार विकासका लागि काम नगरपालिकाले अगाडि बढाएको छ । पर्यटन व्यवसायी परमानन्द भण्डारीले पनि भीमदत्त नगरपालिका जिल्लाकै अग्रणी नगरपालिका भएकाले पर्यटन विकासका लागि विभिन्न कामलाई अगाडि बढाएको बताए । ‘जिल्लाको राम्रो पर्यटनको सम्भावना बोकेको क्षेत्र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सँगै पर्यटन प्रवद्र्धनको लागि ¥याप्टिङ पनि एक सम्भावना बोकेको क्षेत्र हो ।’ पर्यटन वयवसायी भण्डारीले भने– ¥याफ्टिङ सञ्चालन भएपछि पर्यटकको लागि नयाँ पहिचानसमेत हुन्छ र उक्त क्षेत्रमा पर्यटकको सङ्ख्या पनि बढ्ने हुन्छ ।’ 

नगरपालिकाले सञ्चालन गर्ने योजना बनाएको ¥¥याफ्टिङले नगरमा पर्यटन क्षेत्रको दिगो विकास हुने भण्डारीले बताए । यस्तै, कोभिडले थला परेको पर्यटन क्षेत्रलाई ¥याफ्टिङले केही हद्सम्म राहत पु¥याउन सक्ने उनको भनाइ थियो ।