कैलालीका ६२ सहित सुदूरपश्चिममा थप ९१ जनामा कोरोना पुष्टि
2020/11/08, 5:09
 
hospiatl

कैलालीका ६२ सहित सुदूरपश्चिमका थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आइतबार तीन सय ६७ जनाको परीक्षण गर्दा थप ९१ जनामा संक्रमण पुष्टि भएको हो । 

कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ का ७ जना, वडा नम्बर ५ र ७ का ६र६ जना, वडा नम्बर ४ का ५ जना, वडा नम्बर ३, ८ र १३ का २÷२ जना, यस्तै वडा नम्बर १, १४ र १८ का १र१ जना, टीकापुर नगरपालिकाका १२ जना, भजनी नगरपालिकाका २ जना, जोशीपुर गाउँपालिका, बर्दगोरीया गाउँपालिका र घोडाघोडी नगरपालिकाका १र१ जनामा संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । स्थानीय तह नखुलेका कैलालीका १२ जनामा समेत कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । 

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका १२ जना, पुर्नवास नगरपालिकाका ४ जना, बेदकोट नगरपालिकाका ३ जना, कृष्णपुर नगरपालिकाका २ जना, त्यसैगरी बेलौरी नगरपालिका, शुक्लाफाटा नगरपालिका, लालझाडी गाउँपालिकाका र ठेगाना नखुलेका १÷१ जनामा पनि कोरोना देखिएको छ ।  

त्यस्तै बाजुराका २ जना, डडेल्धुरा र डोटीका १र१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।