
डडेल्धुरामा एक महिला मृत अवस्थामा फेला परेकी छन । मंगलबार राति अमरगढी नगरपालिका–७ की अन्दाजी २१ वर्षीया निर्मला वोहोरा मृत अवस्थामा फेला परेकी हुन ।

अमरगढी–७ मा रहेको रातो गुराँस रिसोर्टमा बोहोरा मृत अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
गएराती उनी होटेलको बाथरुममा मृत अवस्थामा फेला परेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । बोहोरोको हत्या वा आत्महत्या हो भन्ने एकिन नभएकोले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
