कैलालीका ४७ सहित सुदूरपश्चिममा थप ६३ जनामा कोरोना पुष्टि
2020/11/09, 6:26
 
corona

कैलालीका ४७ सहित सुदूरपश्चिममा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आइतबार ३४१ जनाको परीक्षण गर्दा थप ६३ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २९ जनामा संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर ५ का १० जना, वडा नम्बर १ र २ का ५/५ जना, वडा नम्बर ३ का ४ जना, वडा नम्बर ४ र १० का २/२ जना र वडा नम्बर ८ का एक जनामा संक्रमण पुष्टि भएको छ ।

कैलालीकै भजनी नगरपालिकाका ८ जना, गोदावरी नगरपालिकाका ३ जना, घोडाघोडी नगरपालिका र टीकापुर नगरपालिकाका २/२ जना, यस्तै ठेगाना नखुलेका कैलालीकै ३ जनामा समेत कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । यस्तै कञ्चनपुरको बेलौरी नगरपालिकाका ८ जना, भीमदत्त नगरपालिकाका ७ जना र अछामका एक जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए