
कैलालीमा फेरि अर्को कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार जिल्लाको टीकापुर नगरपालिका १ का ९० वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो । होम आइसोलेसनमा रहेका उनको मृत्यु भएको जनाइएको छ ।

सोमबार विहान धनगढी उप–महानगरपालिका २ का ८४ वर्षीय पुरुषको पनि कोरोनाको कारण मृत्यु भएको छ । सेतीको प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उनको सेतीको कोभिड अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
उनमा कडा खालको निमोनियाको समस्या देखिएको थियो । कार्तिक २१ कोरोना पोजिटिभ देखिएको उनलाई सो दिन नै अस्पताल भर्ना गरिएको थियो ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/31, 6:54
2020/08/10, 4:33
2021/01/12, 3:34
2023/01/20, 5:43